दफा १९
व्यक्तिगत घटना दर्ता गर्ने
(१) दफा १८ बमोजिमको सूचना प्राप्त हुनासाथ स्थानीय पञ्जिकाधिकारी वा नियोगको अधिकार प्राप्त कर्मचारीले देहाय बमोजिम गरी त्यस्तो घटना सम्बन्धित दर्ता किताबमा दर्ता गर्नेछ:-
(क) सूचना दिन आउने व्यक्तिले भरेको फाराम ठीक छ छैन जाँची ठीक नभए ठीक गर्न लगाई, र
(ख) सूचना गर्न आउने व्यक्ति लेखपढ गर्न नजान्ने भए निजले भने बमोजिम आफैंले फाराम भरी वा भर्न लगाई पढी वाची निजको ल्याप्चे सहीछाप गराई । (२) सम्बन्ध विच्छेदको सूचना दर्ता गर्दा सो सम्बन्धमा अदालतबाट भएको निर्णय समेत हेरी दर्ता गर्नु पर्नेछ।
(३) दफा १८ को उपदफा (१) वा (२) बमोजिमको म्याद नाघेपछि व्यक्तिगत घटनाको दर्ता गराउन आएमा तोकिए बमोजिमको विलम्ब शुल्क लिई त्यस्तो व्यक्तिगत घटना दर्ता गर्नु पर्नेछ।
(४) यस दफा बमोजिम व्यक्तिगत घटना दर्ता भएपछि स्थानीय पञ्जिकाधिकारी वा नियोगले सोको विवरण विभाग समक्ष पठाउनु पर्नेछ।
(५) उपदफा (४) बमोजिम प्राप्त विवरणको आधारमा विभागले सम्बन्धित व्यक्तिको वैयक्तिक अभिलेखमा विवरण अद्यावधिक गर्नु पर्नेछ।
(६) नेपालमा रहेको विदेशीको कुनै व्यक्तिगत घटना दर्ता गर्नु पर्ने भएमा तोकिए बमोजिमको प्रमाण सहित आफू बसोबास गरेको स्थानको स्थानीय पञ्जिकाधिकारी समक्ष सूचना गर्नु पर्नेछ।
(७) उपदफा (६) बमोजिम सूचना गर्दा नेपालमा कूटनीतिक नियोग रहेको विदेशी नागरिकको हकमा सम्बन्धित कूटनीतिक नियोगको सिफारिस समेत पेश गर्नु पर्नेछ।
(८) उपदफा (६) बमोजिम सूचना प्राप्त भएपछि स्थानीय पञ्जिकाधिकारीले आवश्यक जाँचबुझ गरी त्यस्तो विदेशीको व्यक्तिगत घटना दर्ता गर्नु पर्नेछ।
(९) नेपालमा रहेका विदेशीको व्यक्तिगत घटनाको सूचना दिने तथा व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।